दुई मन्त्रीद्वारा राजीनामा

  • झरना खबर
  • २०७७ चैत्र २५ गते १५:४३ बजे प्रकाशित

काठमाण्डौ : गण्डकी प्रदेश सरकारका दुईजना मन्त्रीले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा आन्तरिक मामला तथा कानुनमन्त्री हरिबहादुर चुमान र भूमिव्यवस्था, कृषि तथा सहकारीमन्त्री लेखबहादुर थापा छन् ।

राजीनामा दिनेहरु दुवै नेकपा माओवादी केन्द्रका प्रदेशसभा सांसदहरु हुन् । उनीहरुलाई माओवादी प्रदेशसभा संसदीय दलको बैठकले राजीनामा दिने निर्देशन दिएको थियो ।

गण्डकी प्रदेश सरकारबाट माओवादी बाहिरिएपनि प्रदेशसभामा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ बहुमतमै छन् । प्रदेशसभामा रहेका ६० जना सांसदमध्ये एमालेका २८ सांसद छन् । राष्ट्रिय जनमोर्चाले प्रदेश सरकारलाई समर्थन जारी राखेकाले सरकार बहुमतमा रहेको छ ।रिपोर्टर्स नेपालबाट

सम्बन्धित समाचारहरू

Comments