१४ वर्षमै विवाह,२० बर्षमै मृत्यु

  • झरना खबर
  • २०७७ चैत्र २४ गते ०८:४९ बजे प्रकाशित

हुम्ला : कक्षा ५ पढ्दै थिइन्, उमेर १४ वर्ष मात्र पुगेको थियो। हुम्लाको सर्केगाड गाउँपालिका–३ उनापानीकी सरस्वती दमाईले आफ्नै गाउँका १६ वर्षीय दलजित परियारसँग बिहे गरिन्। विवाह भएको एक वर्षपछि आमा बनिन्। छोराकोआसमा सरस्वतीले २० वर्षको उमेरसम्म तीन छोरी जन्माइसकेकी थिइन्। चौथो सन्तान छोरा नै जन्माउनुपर्ने बोझ थपियो।

तर तीन वर्षअघि सुत्केरी हुने क्रममा अत्यधिक रक्तस्राव हुँदा उनले ज्यान गुमाइन्। सरस्वतीजस्तै कर्णालीमा सानै उमेरमा विवाह गर्ने र जोखिमपूर्ण रूपमा आमा बन्नेको संख्या अन्य प्रदेशभन्दा धेरै छ । आर्थिक वर्ष २०७४ देखि २०७५/७६ सम्मको तीन वर्षमा ४१ हजार किशोरीले २० वर्ष नपुग्दै बच्चा जन्माएको कर्णाली प्रदेश सरकारको तथ्यांक रहेको छ ।रिपोर्टर्स नेपालबाट

सम्बन्धित समाचारहरू

Comments