जेठ–असार सम्ममा कोरोना उच्चविन्दुमा पुग्छः स्वास्थ्य मन्त्री

  • झरना खबर
  • २०७७ चैत्र २४ गते ०८:०४ बजे प्रकाशित

काठमाण्डौ : सरकारले केही दिनयताको तथ्याङ्कको आधारमा कोरोना भाइरसको संक्रमण बढेको बताएको छ । सरकारले आगामी जेठ–असारमा कोरोना भाइरसको संक्रमण फेरि उच्चविन्दुमा पुग्नसक्ने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले संक्रमण बढे पनि अहिले नेपालको अवस्था आतंकित हुनुपर्ने अवस्था नरहेको दाबी गरे ।

सोमबार संसद् बैठकलाई सम्बोधन गर्दै स्वास्थ्यमन्त्री त्रिपाठीले अबका दिनमा जनस्वास्थ्यका मापदण्ड पालनालाई प्रभावकारी बनाउन सकिएन भने संक्रमण बढ्दै जेठ असारमा अर्को उच्च विन्दुमा पुग्नसक्ने बताए । यसअघि कात्तिक महिनामा संक्रमण उच्च थियो । कात्तिक ५ गते एकैदिन ५ हजार ७ सय ४३ नयाँ संक्रमित भेटिएका थिए भने १० गते पोजेटिभिटी रेसियो ९परीक्षणका आधारमा संक्रमितको अनुपात० ३५ प्रतिशत थियो ।माघ पहिलो साता न्यून बिन्दुमा पुगेको संक्रमण फेरि बढ्न थालेको छ । सोमबार देशभरमा २ सय ६६ नयाँ संक्रमित भेटिएका छन् ।नेपाल समाचारपत्र दैनिकबाट

सम्बन्धित समाचारहरू

Comments