सिक्किमलाई केन्द्रविन्दु बनाएर भूकम्प, नेपालसम्म धक्का

  • झरना खबर
  • २०७७ चैत्र २३ गते २२:५६ बजे प्रकाशित

काठमाडौं । भारतको सिक्किमलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पको धक्का नेपालसम्म महसुस भएको छ । सोमबार साँझ सिक्किमलाई केन्द्रविन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको थियो ।

खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेका अनुसार भूकम्पको झट्का  नेपालको पूर्वी भूभागमा समेत महसुस भएको थियो । ‘जनकपुरसम्म पनि भूकम्पको ठूलो झट्का महसुस भएको जानकारी पाएका छौं’, उनले भने ।

यता, भारतीय सञ्‍चार माध्‍यमहरुले भने बिहार, पश्चिम बंगाल तथा आसामसहित देशका कयौ राज्‍यमा भूकम्पको धक्का महसुस भएको जनाएका छन् ।

यस्तै बिहारको पटना, किशनगञ्ज, अररियामा पनि भूकम्पको धक्का महसूस गरिएको छ भने दार्जिङ समेत गरेर उत्तर बंगलाका कयौ जिल्लामा भूकम्पको झट्का महसूस गरिएको छ।

सम्बन्धित समाचारहरू

Comments