
काठमाडौं : कृषि विकास बैंकको संचालकमा दीर्घराज मैनाली नियुक्त भएका छन् ।
चैत्र १६ गते बसेको मन्त्रीस्तरीय बैठकले मैनालीलाई बैंकको संचालकमा मनोनयन गरेको हो ।
मैनालीले चैत्र २२ गते बसेको संचालक समतिको बैठकबाट सपथ ग्रहण गरेका छन् ।
उनलाई बैंक संचालक समितिका अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले सपथ गराएका हुन् । सपथ कार्यक्रममा बैंकको संचालक सदस्यहरु, का।मु। उपमहाप्रबन्धक प्रताप सुवेदी, बैंकका सचिव हिमलाल पौडेल लगायतको उपस्थिती रहेको बैंकले जनाएको छ ।
अन्तिम अपडेट : २०७७ चैत्र २३ गते १७:३७ बजे
Comments