कोरोना सङ्क्रमणबाट थप चार जनाको ज्यान गयो

  • झरना खबर
  • २०७७ चैत्र २३ गते १७:१६ बजे प्रकाशित

काठमाण्डौ : कोरोना भाइरस सङ्क्रमणका कारण नेपालमा थप चार जनाको ज्यान गएको छ । सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा दुई जनाको ज्यान गएको र थप दुई जनाको विवरण प्राप्त भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । नेपालमा अहिलेसम्म कोरोना सङ्क्रमणका कारण ज्यान गुमाउनेको सङ्ख्या तीन हजार ३६ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा थप दुई सय ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ४५ सय ३६ जनाको पीसीआर परीक्षण गर्दा दुई सय ६६ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ । योसँगै अहिलेसम्म कोरोना पोजेटिभ हुनेको सङ्ख्या दुई लाख ७८ हजार दुई सय १० पुगेको छ ।

यस्तै थप एक सय दुई जना निको भएसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या दुई लाख ७३ हजार तीन सय ४२ पुगेको छ । अहिले नेपालमा १८ सय ३२ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

सम्बन्धित समाचारहरू

Comments