सुनको भाउ तोलामा २ सय रुपैयाँ घट्यो

  • झरना खबर
  • २०७७ चैत्र २३ गते १२:३८ बजे प्रकाशित

काठमाण्डौ : सुनको भाउ तोलामा २ सय रुपैयाँले घटेको छ ।

हिजो तोलामा ८७ हजार ४ सय रुपैयाँ रहेको सुनको भाउ आज २ सय रुपैयाँले घटेर तोलाको ८७ हजार २ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ ।

हिजो तोलाको १२ सय ४० रुपैयाँ रहेको चाँदीको भाउ आज ५ रुपैयाँ घटेर १२ सय ३५ रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । 

सम्बन्धित समाचारहरू

Comments