चोरी गर्न लागेको आरोपमा कुटपिट हुँदा भक्तपुरमा एक जनाको ज्यान गयो
- झरना खबर
- २०७७ चैत्र २३ गते १०:२१ बजे प्रकाशित
.jpg)
भक्तपुर : पानी तान्ने मेशिन चोरी गर्न लागेको आरोपमा कुटपिट हुँदा भक्तपुरमा एक जनाको ज्यान गएको छ ।
स्थानीय बासीन्दाले कुटपिट गर्दा काभ्रेपलाञ्चोक कुसादेवीका कृष्ण गुरुङको ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो।
कुटपिटबाट घाइते गुरुङको भक्तपुर अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । चाँगुनारायण नगरपालिका–२ बर्खेपाटीमा शनिवार राति पानी तान्ने मोटर चोरी गर्दै गरेको अवस्थामा फेला परेको भन्दै गुरुङलाई कुटपिट गरेका थिए ।
कुटपिटमा संलग्न रहेको आरोपमा पाँच जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा टेकबहादुर केसी, नवीन कोजु, विनोद लाखा, कमल खत्री र सनिशकुमार राय रहेका प्रहरी नायब उपरीक्षक गिरीले जानकारी दिनुभयो ।
अन्तिम अपडेट : २०७७ चैत्र २३ गते १०:२१ बजे
Comments