आहा रारा गोल्डकपमा मछिन्द्र र अफ्रिकन रुट खेल्दै

  • झरना खबर
  • २०७७ चैत्र २२ गते १२:२० बजे प्रकाशित

काठमाण्डौ :आहा रारा गोल्डकप फुटबलमा आज मछिन्द्र क्लब र अफ्रिकन रुट एसोसिएशन खेल्दैछन् ।

पोखरा रङ्गशालामा दिउँसो साढे २ बजे हुने दोस्रो क्वार्टरफाइनलमा मछिन्द्र र अफ्रिकन रुट एसोसिएशन खेल्न लागेका हुन् ।

मछिन्द्र सहिद स्मारक ए डिभिजन लिगको विजेता टिम हो । प्रतियोगितामा हिजो भएको उद्घाटन खेलमा आयोजक साहारा क्लबलाई हराउँदै एपीएफ सेमिफाइनलमा पुगिसकेको छ । प्रतियोगितामा ८ टिमको सहभागिता रहेको छ ।

सम्बन्धित समाचारहरू

Comments