
काठमाडौं । काठमाडौंको महानगरपालिका वडा नं. २० जैसीदेवलस्थित एक घरमा आगलागी भएको छ ।
जनसेना प्रहरी न्युरोडका अनुसार उज्वल रञ्जितको घरमा आइतबार बिहान आगो लागेको हो । दमकल र पानी ट्यांकरको सहयोगमा प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिएका छन् ।
आगलागीको कारण र क्षतिको विवरण एकीन हुन सकेको छैन ।
अन्तिम अपडेट : २०७७ चैत्र २२ गते ११:०९ बजे
Comments