उपभोक्तालाई ठगी गरेको भन्दै बालाजुको राजेश हार्डवेयरमा शिलबन्दी

  • झरना खबर
  • २०७७ चैत्र २२ गते १०:१४ बजे प्रकाशित

काठमाडौं – काठमाडौंको बालाजुस्थित राजेश हार्डवेयरले बिलमा उल्लेख गरिए भन्दा कम तौलको फलामजन्य सामाग्री बिक्री गरेको पाइएको छ। 

हार्डवेयरले बिलमा उल्लेख गरिएकोभन्दा कम तौलको सामान बेचेको पाइएको नेपाल गुणस्तर तथा नापतौल विभागले जनाएको छ।

उक्त हार्डवेयर सागरमल अग्रवालको नाममा छ। 

त्यसरी ठगी गरेको पाएपछि विभागले बालाजुका शाखा प्रमुख कमल शर्मालाई प्रहरी नियन्त्रणमा लिएको छ। उनी भारतीय नागरिक हुन्।

विभागले बालाजुको हार्डवेयरमा शिलबन्दी गरी बिक्री वितरणमा रोक्का गरेको छ।
राजेश हार्डवेयरले ठगी गरेको भन्दै व्यवसायीहरू गत शुक्रबार महानगरीय प्रहरी वृत्त, बालाजु पुगेका थिए। 

‘हामीले प्रायजसो सामानहरू त्यँहीबाट उठाउँदैथियौं। पहिले देखिनै सामान बिलमा आएभन्दा कम आउँछ की भन्ने शंका थियो। त्यसपछि हामीले तीन जना व्यवसायीहरू मिलेर क्रसचेक गर्न एकै चोटी अर्डर गर्यौं,’ फलाम व्यवसायी दीलिप लामाले भने, ‘१०० किलोको भ्याट बिल छ भने ९० किलोको सामान पायौं। किनेको प्रत्येक सामानहरुको तौल फरक आयो।’

त्यसपछि ठगी गरेको भन्ने पाएपछि बालाजु शाखाका प्रमुख कमल शर्मालाई वृत्तमा बुझाएको उनले बताए। विभागले थप अनुसन्धान गररिरहेको छ।

सम्बन्धित समाचारहरू

Comments