‘कोपा डेल रे’ को उपाधि रियाल सोसिडाडलाई

  • झरना खबर
  • २०७७ चैत्र २२ गते ०९:४२ बजे प्रकाशित

 काठमाण्डौ : यस वर्षको स्पेनिस ‘कोपा डेल रे’ फुटबल प्रतियोगिताको उपाधि रियाल सोसिडाडले जितेको छ । गएराति भएको फाईनल खेलमा एथ्लेटिक बिल्बाओलाई १–० ले हराउँदै सोसिडाडले ३४ वर्षपछि कोपा डेल रे को उपाधि जितेको हो ।

खेलमा सोसिडाडलाई विजयी गराउन मिकेल ओयरजबालले ६३ औं मिनेटमा पेनाल्टीमार्फत निर्णायक गोल गरे । कोपा डेल रे को यो उपाधि अघिल्लो सिजनको उपाधि हो । कोरोना माहामारीले अघिल्लो वर्ष रोकिएको प्रतियोगिता यो वर्ष खेलाईएको हो । चालु सिजनको कोपा डेल रे को फाईनलमा बिल्बाओले बार्सिलोनाको सामना गर्दैछ । उक्त खेल आगामि १७ तारिखमा हुनेछ ।

सम्बन्धित समाचारहरू

Comments