रोयल्टी कलेजले स्वागत,सम्मान तथा विदाई कार्यक्रम सम्पन्न ग¥यो, युग सुहाउँदो शिक्षा प्रदान गर्ने कलेजको लक्ष्य

  • झरना खबर
  • २०७७ चैत्र २२ गते ०८:४९ बजे प्रकाशित

काठमाण्डौ : जोरपाटीको नयाँ बस्तीमा रहेको रोयल्टी कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ लाई विधाइ तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कलेजले हिजो शनिबार नारायणटार स्थित छिमेकी पार्टी प्यालेसको सभा हलमा एक विशेष कार्यक्रम मार्फत विद्यार्थीहरुलाई स्वागत र विधाई दिएको छ,भने विद्यालयको अभिभावक भेला समेत गरेको छ ।बिहान ११ बजेदेखि सुरु भएको कार्यक्रममा काठमाण्डौ क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य माननीय सांसद कृष्ण बहादुर राईको प्रमुख आतिथ्यता रहेको थियो,भने कार्यक्रमको अध्यक्षता कलेजका संस्थापकद्वय अध्यक्ष टुकमान लामा र कलेजका कार्यकारी प्रमुख देवेन्द्र चन्दले गरेका थिए।

कार्यक्रममा शुभकामना मन्तव्य राख्ने क्रममा क्याम्पसका कार्यकारी प्रमुख देवेन्द्र चन्दले रोयल्टी कलेजले विद्यार्थीहरुलाई युग सुहाउँदो शिक्षा प्रदान गरेकाले विदाइ भएर जाने विद्यार्थीहरुले कहिल्यै नबिर्सने बताए । सो कार्यक्रममा प्याब्सन काठमाण्डौ जिल्लाका अध्यक्ष हरि कृष्ण श्रेष्ठ,गोकर्णेब्वर प्याब्सनका अध्यक्ष मदन सुबेदी विशेष अतिथिमा रहेका थिए ।कार्यक्रममा बोल्दै प्रमुख अतिथि सांसद कृष्ण बहादुर राईले रोयल्टी कलेज प्रति बधाई ज्ञापन दिदै आगामी दिनहरुको उज्वल भविष्यको कामना समेत ब्यक्त गरेका थिए,भने राज्यले सधैं व्यवहारिक र सिपमुलक शिक्षा मात्र प्रदान गर्न कुनै कमजोरी गर्न नहुने बताए । 

उक्त कार्यक्रममा कलेजले नेपालका ख्याती प्राप्त र विभिन्न क्षेत्रमा रहेर राष्ट्रलाई योगदान दिएको भन्दै योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरेको छ । कलेजले कार्यक्रम मार्फत डा.बासुदेब कृष्ण शास्त्री,स्वागत नेपाल र सरु कार्कीलाई दोसल्ला ओढाएर प्रसंसा पत्रले सम्मान गरेको छ। उक्त कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरुले विभिन्न सांगीतिक प्रस्तुतिहरु समेत प्रस्तुत गरेका थिए  ।

सम्बन्धित समाचारहरू

Comments