एकता जेम्स कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ लाई विदाई कार्यक्रम गर्ने

  • झरना खबर
  • २०७७ चैत्र १९ गते २१:०१ बजे प्रकाशित

काठमाडौं : जोरपाटीको नयाँ बस्तिमा रहेको एकता जेम्स कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुका लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रम गर्ने भएको छ । 

चैत्र २१ गते शनिबारका दिन बिहान १०ः३० बजेदेखि ड्रिम नेपाल पार्टी प्यालेश नयाँबस्तीमा आयोजना हुने कार्यक्रममा बागमती प्रदेशका माननीय भौतकि पुर्वाधार तथा विकाश मन्त्री रामेश्वर फुयालको प्रमुख आतिथ्यता रहने कलेजले जनाएको छ। सो कार्यक्रममा उपस्थित हुनको लागि क्याम्पस प्रमुख भीम बहादुर दर्लामीले अनुरोध गरेका छन । उनका अनुसार सो कार्यक्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई समेत गरिने भएको छ  ।

उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने जनताका गायक जन गायक जीवन शर्मालाई सम्मान गरिने कलेजका क्याम्पस प्रमुख भीम बहादुर दर्लामीले जानकारी गराएका छन् । कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरुले विभिन्न सांगितिक प्रस्तुतिहरु समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ  ।

सम्बन्धित समाचारहरू

Comments