कोरोना सम्बन्धि जनचेतना मूलक नाटक प्रर्दशन(भिडियो सहित)

  • झरना खबर
  • २०७७ चैत्र १८ गते १८:३५ बजे प्रकाशित

  • दिनेश तामाङ

काठमाण्डौ । जोरपाटीमा कोरोना लगाएतका घातक सरुवा रोगको सम्बन्धमा जनचेतना मूलक नाटक प्रर्दशन भएको छ । 

गोकर्णेश्वर नगरपालिकाको प्रायोजन तथा अभिनव साहित्य समाजको आयोजनामा सो कार्यक्रम भएको हो । हिजो मङगलबार देखि सुरु भएको ३ दिने सचेतना कार्यक्रम २० गते (शुक्रबार) सम्म  संचालन हुने आयोजकले जानकारी दिएको छ । 

कार्यक्रममा कोरोना भाइरस संक्रमणका साथै विभिन्न घातक सरुवा रोगबाट बच्ने उपाय,रोकथाम लगाएतका कुराहरु नाटकमा समेटिएको थियो  । कोरोनाको दोस्रो लहर भारत लगायत यू्रोपेली देशमा तिव्र रुपमा बढ्न थालेपछि नेपालमा पनि यसको प्रभाव र असर देखिने भन्दै त्यसलाई न्यूनिकरणका उपाय अबलम्बन गर्न लघु नाटक प्रस्तुत गरिएको हास्य कलाकार कुमारमणी गजुरेलले बताए । 'केही समयदेखी आक्रान्त पारेको कोरोेनाको दोस्रो लहर नेपालमा पनि देखिन सक्छ ,त्यसबाट हुने क्षति र त्यसको असर कम गराउन नागरिक तहबाटै सचेतना फैलाउन जरुरी देखेर हामीले यस्तो कार्यक्रमलाई अगाडी सारेका हौं' उनले भने । 

नाटकमा चर्चित हास्य कलाकार कुमारमणी गजुरेल,नायिका बिन्दा खतिवडा,विभिन्न विद्यालयका विद्यार्थी साथै स्थानिय कलाकारहरुले प्रस्तुति दिएका थिए । 

श्री स्वर्ण शिक्षा मावि,ओख्रेनी मावि,इष्टपोल मावि र इष्टपोल इन्टरनेश्नल कलेज सह–आयोजक रहेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिका मेयर सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका प्रमुख सल्लाहकार दिपक रिसाल, गोकर्णेश्वर नगरपालिका–५  वडाध्यक्ष नारायणबहादुर सुवेदी लगायत विभिन्न विद्यालयका विद्यार्थी र स्थानीयहरुको सहभागीता रहेको थियो ।

 

सम्बन्धित समाचारहरू

Comments