रोयल्टी कलेजले कक्षा ११ का विद्यार्थीहरुलाई स्वागत र कक्षा १२ लाई विदाई कार्यक्रम गर्ने

  • झरना खबर
  • २०७७ चैत्र १७ गते २०:५९ बजे प्रकाशित

काठमाडौं : जोरपाटीको नयाँ बस्तिमा रहेको रोयल्टी कलेजले कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुका लागि स्वागत साथै कक्षा १२ का विद्यार्थीहरुलाई विदाई कार्यक्रम गर्ने भएको छ । साथै कलेजले सोहि दिन आफ्नो विद्यालय रोयल्टी सेकेण्डरी स्कूलको अभिभावक दिवस समेत मनाउन लागेको हो।

चैत्र २१ गते शनिबारका दिन बिहान १०ः३० बजेदेखि छिमेकी पार्टी प्यालेस जोरपाटीमा आयोजना हुने कार्यक्रममा काठमाण्डौं क्षेत्र नम्बर ३ प्रतिनिधि सभा सदस्य सांसद कृष्ण राईको प्रमुख आतिथ्यता रहने कलेजले जनाएको छ। सो कार्यक्रममा उपस्थित हुनको लागि कलेजका कार्यकारी प्रमुख देवेन्द्र चन्दले अनुरोध गरेका छन ।  उनका अनुसार सो कार्यक्रममा कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा कक्षा १२ का विद्यार्थीहरुलाई विदाई समेत गरिने भएको छ  ।

उक्त कार्यक्रममा नेपालका ख्याती प्राप्त र राष्ट्रको लागि योगदान पुर्याउने व्यक्तित्वलाई सम्मान गरिने कलेजका कार्यकारी प्रमुख चन्दले जानकारी गराएका छन् । कलेजले कार्यक्रम मार्फत डा.बासुदेब कृष्ण शास्त्री,स्वागत नेपाल,सरु कार्कीलाई सम्मान गर्न लागेको हो । कार्यक्रममा कलेजमा पढ्ने विद्यार्थीहरुले विभिन्न सांगितिक प्रस्तुतिहरु समेत प्रस्तुत गर्ने कार्यक्रम रहेको छ  ।

 

 

सम्बन्धित समाचारहरू

Comments