प्रदूषणका कारण सबै उडान रद्द

  • झरना खबर
  • २०७७ चैत्र १६ गते ०८:५७ बजे प्रकाशित

पोखरा : वायु प्रदूषणका कारण भिजिबिलिटी नपुग्दा पोखराबाट हुने हवाई उडान तीनदिनदेखि प्रभावित भएको छ। आइतबार पनि भिजिबिलिटी नपुग्दा यहाँबाट हवाई उडान हुन सकेन। आइतबार तय गरिएका ३२ वटै हवाई उडान रद्द भए।

पोखरा विमानस्थलका सूचना अधिकारी देवराज सुवेदीका अनुसार भिजिबिलिटी नपुग्दा शुक्रबार पनि चारवटा उडान रद्द भएका थिए। शनिबार पोखराबाट विभिन्न गन्तव्यका लागि २८ वटा उडान तय गरिएकोमा ती सबै रद्द भएका थिए।तारा एयरलाइन्सले आइतबार जोमसोमका लागि ५ वटा उडान तय गरेको थियो। यतीले काठमाडौंका लागि ९ र सिमराका लागि एउटा उडान तय गरेकोमा सबै रद्द भए। नागरिक दैनिकबाट

सम्बन्धित समाचारहरू

Comments