चीनले वीगर मुस्लिमको जनसंख्या घटाउने

  • झरना खबर
  • २०७७ फाल्गुण १९ गते १६:१९ बजे प्रकाशित

काठमाण्डौ : चीनले सिन्चियाङ प्रान्तमा वीगर मुस्लिमको जनसंख्या घटाउने नीति लिएको उच्च स्तरीय चिनियाँ अध्ययनले देखाएको छ । वीगर र अन्य अल्पसंख्यक मानिसहरुलाई घरभन्दा निकै टाढा नयाँ रोजगारीमा पठाउँदै उनीहरुको जनसंख्या घटाउने चीनको नीति छ ।

चीनले भने जनसंख्या परिवर्तनको लागि कुनै पनि कदम नचालिएको दाबी गर्दै आएको छ । चीनले रोजगारीका लागि अन्यत्र पठाउनुको उद्देश्य मानिसहरुको आम्दानी बढाउँदै उनीहरुलाई चरम गरिबीबाट बाहिर ल्याउनु रहेको स्पष्ट पारेको छ ।यद्यपि प्रमाणले भने मानिसहरुलाई शिक्षा दिन बनाइएका विभिन्न क्याम्प बनाउनुको उद्देश्य पनि मानिसहरुको जीवनशैली र सोचाइमा परिवर्तन गर्दै वीगर समुदायको जनसंख्या घटाउने नीति देखिएको उल्लेख गरेको छ ।

चीनमाथि वीगर समुदायका मानिसहरुको अधिकार हनन गरेको र उनीहरुमाथि ज्यादती गरेको आरोप लाग्दै आएको छ । पश्चिमा मुलुकहरुले पनि उनीहरुको मानव अधिकारको विषयलाई उठाउँदै आएका छन् ।

सम्बन्धित समाचारहरू

Comments