गोकर्णेश्वर नगरपालिकाको धार्मिक एवंम पर्यटकीय स्थल सुन्दरीजल

सुन्दरीजलको पानीमा संगीतको झंकार छ । ब्रह्मको नाद छ । अनि प्राण धारीको जीवन छ । हाल प्रदेश नम्बर ३ मा पर्ने सुन्दरीजल गोकर्णेश्वर नगरपालिका वडा नम्बर १ मा पर्छ । सुन्दरीजललाई धार्मिक एवंम पर्यटकीय स्थलको रुपमा चिनिन्छ । काठमाण्डौबाट १४ किलोमिटर उत्तर पुर्वमा रहेको सुन्दरीजल विदेशी तथा स्वदेशी पर्यटकका लागी अति उत्तम गन्तब्य बन्न सक्छ । बिहान गएर बेलुका घरमा आउन सकिने रमण्ीाय स्थल हो सुन्दरीजल । कलकल बग्ने झरना । बसन्त ऋतु सँगै फुल्ने लालीगुराँस । काफल, ऐँसेलु, चुथ्रोले यहाँको प्राकृतिक छटालाई आज पनि सिँगारेको छ ।

पर्यटकको लागी राम्रो सम्भावन बोकेको सुन्दरीजललाई नगर पालिकाले अझ ध्यान दिन पर्छ स्थानीय बुद्धिजिवीहरु भन्छन् । गोकर्णेश्वर नगरको सानको रुपमा पनि लिन सकिन्छ सुन्दरीजललाई । धेरै सम्भावना हँुदा हुँदै पनि यसको प्रचार प्रसार हुन  सकेको  छैन् । गोकर्णेश्वर नगरपालिकाको लागि आन्तरीक तथा विदेशी पर्यटक भित्राउने राम्रो स्थान बन्न सक्छ सुन्दरीजल  । धुवाँ र धुलोमा रुमलीएका राजधानी बासीलाई सुन्दरीजल रमणीय ठाँउ बन्न सक्छ ।

राजधानी वरपर त्यस्तो प्राकृतिक सौन्दर्य भएको ठाँउ कमै होलान् । सधै धुवाँ र धुलोले आक्रन्त पारेको राजधानी बासीका लागि सुन्दरीजल एक स्वच्छ हावा पानी खाने ठाँउ बन्न सक्छ । स्यालमती र नागमती नदीको संगम स्थल पनि सुन्दरीजल हो । १ हजार २ सय ५० भन्दा बढि प्रकारका बनस्पती हरु सुन्दरीजलको जङगलमा पाइन्छन भन्ने भनाइ बनस्पती बिदहरुको  रहेको छ । यसका अतिरिक्त विभिन्न जडिबुटिहरु पनि यहाँ पाइन्छ । ध्वासे चितुवा, चरीबाघ, आसामी बाँदर, सालक, मृग बँदेल जस्ता अनेक प्रकारका जनावरहरु पनि यहाँको जङगलमा पाइन्छ ।

क्षेत्रफल  र जनघनत्व

सुन्दरीजल दुइ शब्द मिलेर बनेको बाक्य हो । यो आफैमा पुर्ण वाक्य छ । सुन्दरीजल अर्थात स्वाच्छ पिउने पानी भएको ठाँउ । सुन्दरको अर्थ राम्रो र जलको अर्थ पानी । जहाँ सुन्दर पिउने पानी छ । त्यसलाई सुन्दरीजल भनेर चिनिन्छ । त्यहाँका बृद्धा बा हरुको भनाइ अनुसार सुन्दरीमाइको मन्दिर भएकाले नै यो ठाँउको नाउँ सुन्दरीजल रह्यो । चैते दशैं,वडा दशंै,नयाँ जस्ता चाडवाडमा एक घण्टा उकालो चढेर माताको मन्दिर दर्शन गर्न भक्तजनहरुको भिड लाग्ने गर्छ । स्थानीय राजेन्द्र श्रेष्टले जानकारी दिए ।  सुन्दरीजलसंग सिमा जोडिएका गाउँहरु पश्चिम पट्टि नयापाटी र बालुवा पर्छ । पुर्व तर्फ भने गागल र आलापोट हो ।

साविकको सुन्दरीजल गाविस अहिले गोकर्णेश्वर नगरपालिका वडा नम्वर १ मा पर्छ । सुन्दरीजल वन क्षेत्रले ओगटेको क्षेत्रफल भनेको २ वर्ग माइल छ । २०६८ को जनगणना अनुसार ५४७ घर धुरी थिए । त्यतीबेलाको तथ्याङ्ग अनुसार २५५२ जनसंख्या त्यहाँ बसोबास गर्छन् । सुन्दरीजल क्षेत्रमा बसोबास गर्नेहरुको मुख्य आम्दानीको स्रोत भनेको होटल ब्याबसाय र कृषि नै हो । नेवार र तामाङ्ग समुदाएको  बाहुल्य रहेको यस क्षेत्रमा बाहुन र क्ष्ोत्रीहरुको पनि बसोबास रहदै आएको छ । सबै जातजाती,भाषा भाषी मिलेर बसेको यस सुन्दरीजल क्षेत्रमा भाइचारको सम्बन्ध पनि राम्रो देखिन्छ ।

पर्यटक क्षेत्र

साविक सुन्दरीजल गाविस हाल गोकर्णेश्वर नगर पालिका वडा नम्बर १ का वडा अध्यक्ष राम मान्नधर भन्छन् ,हामीले सुन्दरीजललाई एक रमणीय पर्यटक क्षेत्र बनाउन लागि परेका छौँ । यसको लागि नगरपालिकासंग सहकार्य गरेर अगाडी बढने हाम्रो योजना छ । जनसंख्याको आधारमा कम भए पनि भुगोलको आधारमा सबैभन्दा ठुलो क्षेत्रफल  भएको वडा नम्बर १ हो वडा अध्यक्ष मान्नधर भन्छन् । पर्यटक आगमनमा राष्ट्रिय निकुन्जले बढि शुल्क लिएर अप्ठ्यारो पारेको अध्यक्ष मान्नधर बताउँछन् । हामी निर्वाचित भएर आएपछि सुन्दरीजलबाट मुलखर्क सम्म गाडि चलाउने ब्यबस्था मिलाएका छाँै ।  सुन्दरीजल अति रमणीय पर्यटकिय स्थल हो । रत्नपार्कबाट पुर्व उत्तर तर्फ १४ किलो मिटर यात्रा गरेपछि सुन्दरीजल पुगिन्छ । यहाँ पुगेपछि यात्रीलाई लाक्छ म स्वर्गको कुनै छेउमा घुमी रहेको छु । सार्वजनीक यातायातमा २ घण्टा र आफनो निजी सवारी साधनमा १ घण्टामा सुन्दरीजल बर्सपार्क पुग्न सकिन्छ । सुन्दरीजलको फेदीबाट माथी हाइट सम्ममा पुग्नका लागि पैदल यात्रा गरेर लगभग १ घण्टा उकालो उक्लन पर्छ । आफनो सवारी साधन हुनेले सवारी साधन लिएर पनि माथी जान सक्छ । त्यसका लागी बस पार्क पुगी रहन पर्दैन । पार्क  भन्दा अली तल दोबाटोबाट पुर्व लागेर आख्रेनी मा बि बाट माथी तिर लाग्न सकिन्छ ।

अहिले शिवपुरी राष्ट्रिय निकुन्जले सुन्दरीजल घुम्न जाने पर्यटकसंग अत्याधिक शुल्क उढाउँछ । शुल्क लिन पाइदैन भनेर वडा अध्यक्ष लगाएतका ब्यक्तिहरुले पटक पटक कुरा राख्दा पनि निकुन्जले सुनेको छैन् । महङ्गो शुल्कका कारण पर्यटकहरु आउने क्रम घटेको छ । अहिले प्रति ब्यक्ति १२५ रुपैया लिने गरेको र विदेशी पर्यटकहरुको हकमा १ हजार लिने गरेको वडा अध्यक्ष राम मान्नधरले बताए । पहिला भने यहाँ शुल्क तिर्न पर्दैन् थियो । महङ्गा शुल्कका कारण आन्तरीक तथा विदेशी पर्यटकहरुको आगमनमा कमि आएको छ ।

फिल्म म्युजीक भिडियोको सुटिङ्गका लागि पनि अती उपयुक्त ठाँउ मानिन्छ सुन्दरीजल । भारतीय तथा नेपाली चलचित्रहरु धेरै सुटिङ्ग भएका छन् यो क्षेत्रमा स्थानिय विकास श्रेष्ठ बताउँछन् । सुन्दरीजलबाट चिसा पानी हँुदै गोसाइकुण्डसम्म को पैदल यात्रा अति नै रोमान्चित छ ।  सुन्दरीजलबाट नजीक पर्यटक पैदल तथा सवार यात्रा भनेको मणिचुड बागद्वार हेलम्बु सम्मको छ । अहिले मणिचुड चिसा पानी हेलम्बुसम्म मोटर साइकल तथा साना जिपहरु लान सकिन्छ । वर्षामा अली अप्ठ्यारो बाटो भएपनि हिउँदमा भने सजीलोसंग यात्रा गर्न सकिन्छ ।

प्राकृतिक झरना, रमणीय हरिया डाँडा पाखा, सुन्दरीजलको अर्को आकर्षण हो । चैत्र बैशाखमा लालीगुराँसले वनै राताम्मे हुन्छ । काफल ऐंसेलु चुथ्रोहरु पनि लटरम्म फलेको हुन्छ । कल कल कन्चन बग्ने सफा पानीले जो केहि को मन रमाउँछ । सुन्दरीजलको पानीको मुहान बागद्ववार हो । बागद्ववारबाट आएकोले नै यस नदिलाई बाग्मती पनि भनिन्छ  । राजधानी नजीक अति सुन्दर पर्यटकीय धर्मिक स्थलका 
रुपमा यसलाई मान्न सकिन्छ ।

  विद्युत उत्पादन

नेपालमा सबैभन्दा पहिलो जल  विद्युत उत्पादन गरेको ठाँउ फर्पिङ्ग हो,भने दोस्रो जल  विद्युत आयोजना गरेको सुन्दरीजल  हो । यसले पनि सुन्दरीजलको महत्व बढाएको छ । १९३५ सालमा जुद्ध शमशेरले बेलायत सरकारको सहयोगमा सुन्दरीजल बाट ६४० किलो वाट बिजुली उत्पादन गराएका थिए । यो जल  विद्युत उत्पादन भएको ८५ बर्ष भयो । विकासकै क्रममा राणाहरुले गरेको यो एउटा उल्लेखिनिय काम नै हो । सुन्दरीजलमा उत्पादन भएको बिजुलीले त्यो समय काठमाण्डौ झिलीमिली पार्न सकेको थियो । अहिले राष्ट्रिय योजनामा परेको मेलम्ची खाने पानी को रिजर्भ ट्याङ्की पनि यहि बनेको छ । काठमाण्डौ बासीका लागी खाने पानीको स्रोत पनि सुन्दरीजल भन्दा फरक पर्दैन । सुन्दरीजलको पानी सफा र पिउन योग्य छ भनेर प्रमाणित भइसकेको छ ।

 अन्त्यमा

केहि वर्ष अगाडिसम्म विभिन्न विद्यालयहरुबाट शैक्षिक भ्रमण,वनभोज तथा अन्य टुर का लागी सुन्दरीजल लगीने गरेको थियो  । अहिले निकुन्जको कडाइ तथा महङ्गो शुल्कका कारण मान्छेको रुचिमा कमि आएको देखिन्छ । सोच्छ पिउने पानी,सफा वातावरण र हरियाली वन पाखा भएकैै कारण सुन्दरीजल कतिपय मान्छेको रोजाइमा पर्ने गरेको छ भन्दा अतियुक्ति नहोला । सुन्दरीजलको सुरक्षा नेपाली सेनाले गर्दै आएको छ । शिवपुरी राष्ट्रिय निकुन्ज अन्तरर्गत पर्ने यो ठाँउ मेजरको कमाण्डमा छ । घुम्न जानेहरु पर्यटकका लागि टिकट अनिवार्य गरिएको छ ।

धार्मीक तिर्थस्थलका रुपमा पनि यसलाई चिनीने गरीन्छ विभिन्न देवी, गणेश र कृष्णका मन्दिरहरु रहेको यस स्थानमा श्रावणको सोमवार नेपाल लगाएत भारत देखी बोलबम दर्शन गर्न आउने यात्रीहरुको ठुलो भिड लाग्छ  । सुन्दरीजलबाट जल लिएर पशुपती मन्दिरसम्म खाली खुट्टा जाने गर्छन् ।

सुन्दरीजलबाट गोसाइकुण्ड हँुदै धुन्चे भएर फेरी काठमाण्डौ आउने पर्यटहरु पनि उल्लेखिनिय छन् । सुन्दरीजल विदेशी तथा आन्तरीक पर्यटकहरु भित्राउन सक्ने राम्रो सम्भावना भएको ठाँउ हो । नेपालको पहिलो नज निर्वाचित प्रधानमन्त्री बिपी कोइरालालाई राजा महेन्द्रले अपदस्त गरेपछि सुन्दरीजलको जेलमा थुनेका थिए । पछि बिपीलाई थुनेको ठाँउलाई संग्राहालय बनाइयो । पछिल्लो समयमा निकै चर्चा चलेको  बिपी संग्रालय पनि यहि छ । तामाङ्ग र नेवार समुदायहरुको बाहुल्य रहेको उक्त स्थानमा थोरै अरु समुदायका जातीहरुको पनि बसोबास रहेको छ । कृषीमा आस्रीत त्यहाँका मानीसहरुको मुख्य आय स्रोत भनेकै कृषी नै हो ।

सम्बन्धित समाचारहरू

Comments