नेपाली बजारमा साढे २ करोडसम्मका निसान गाडी भित्रिए

  • झरना खबर
  • २०७७ फाल्गुण १४ गते १८:३२ बजे प्रकाशित

काठमाडौं – नेपालमा निसान गाडीको लागि आधिकारिक बिक्रेता पायोनियर मोटोकर्प रहेको छ।

नेपालमा भर्खरै नयाँ एसयूभी म्याग्नाइट सार्वजनिक गरेको पायोनियर मोटोकर्पले नेपालमा राम्रो व्यापार भएको निसान किक्स गाडी बिक्री गर्दै आएको थियो।

निसान जापानी ब्राण्ड हो। नेपाली बजारमा उपलब्ध म्याग्नाइट, किक्सलगायतका मोडल भारतमा उत्पादन हुँदै आएका छन्। निसानले नेपाली बजारमा ५ मोडलका गाडीलाई बढी प्राथमिकता रहेको छ।

द बिग, बोल्ड, आकर्षक र ‘करिस्मेटिक एसयूभी’ उपनाम दिएको म्याग्नाइट २९ लाख ४९ हजारमै उपलब्ध रहेको छ। यसका अन्य भेरिएन्टहरु एक्सई २९ लाख ४९ हजार, एक्सएल ३१ लाख ९९ हजार, एक्सभी मोनो ३४ लाख ९९ हजार, एक्सभी डुअल टोन ३५ लाख २९ हजार, एक्सभी प्रिमियम मोनो ३७ लाख ९९ हजार र एक्सभी प्रिमियम डिउल टोन ३८ लाख २९ हजार रूपैयाँ रहेको छ।

त्यसैगरी टर्बोचार्ज्डमा एक्सएल भेरिएन्टको मूल्य ३६ लाख ४९ हजार रहेको छ। एक्सभी मोनो ३९ लाख ४९ हजार, एक्सभी डुअलको ३९ लाख ७९ हजार, एक्सभी प्रिमियम मोनो ४२ लाख ४९ हजार र एक्सभी प्रिमियम डिउल टोनको ४२ लाख ७९ हजार रहेको कम्पनीले उल्लेख गरेको छ।

म्याग्नाइटका सबै गाडी हजार सीसीका गाडी हुन्।

दुई वर्षअघि नेपालमा सार्वजनिक भएको एसयूभी किक्स नेपालमा स्थापित मोडलको रुपमा रहेको छ। १४ सय ९८ सीसीको निसान किक्स एक्सएल पेट्रोल भेरियन्टको मूल्य ४८ लाख ९९ हजार छ। त्यस्तै एक्सभी पेट्रोलको ५३ लाख ४९ हजार रहेको छ।

१३३० सीसीको एक्सभी टर्बो ५९ लाख ९९ हजार, एक्सभी प्रिमियम टर्बोको ६३ लाख ९९ हजार, एक्सभी प्रिमियम मोनो टर्बो ६८ लाख ९९ हजार, एक्सभी प्रिमियम मोनो टर्बो ६९ लाख ९९ हजार, एक्सभी सीभीटी टर्बो ६९ लाख ९९ हजार र एक्सभी प्रिमियम सीभीटी टर्बोको ७२ लाख ९९ हजार रुपैयाँ रहेको छ।

निसान एक्सट्रायल दुईवटा भेरियन्टमा उपलब्ध रहेको छ। ५ सिटरको गाडीको मूल्य १ करोड ३९ लाख ९९ हजार रुपैयाँ रहेको छ भने ७ सिटर गाडीको १ करोड ४४ लाख ९९ हजार रहेको छ।

पछिल्लो समय निसानको हाइसको समेत बिक्री बढ्दै गइरहेको छ। अर्भान मोडलको हाइसको मूल्य ७७ लाख ९९ हजार रुपैयाँ छ।

निसानको सबैभन्दा महंगो गाडी प्याट्रोल रहेको छ। ३ हजार सीसीको यो गाडीको मूल्य २ करोड ५१ लाख रुपैयाँ छ।

सम्बन्धित समाचारहरू

Comments