गोकर्णेश्वर नगरपालिकाको संक्षिप्त परिचय र नागरिक वडापत्र

  • झरना खबर
  • २०७७ फाल्गुण ११ गते १३:५३ बजे प्रकाशित

राजधानी काठमाण्डौको उत्तर पुर्वमा अवस्थित ५८।५० वर्ग कि।मी क्षेत्रफल् ओगटेको यस गोकर्णेश्वर नगरपालिका नेपाल सरकारको मिति २०७१ मङ्सिर १६ गतेको निर्णयबाट साबिक सुन्दरीजल, नयाँपाटि, बालुवा, गोकर्ण र जोरपाटी गाविसहरुलाई समेटी स्थापना भएको नगरपालिका हो । यस नगरपालिकाको नामांकन वडा नं ४ मा अवस्थित श्री गोकर्णेश्वर महादेव मन्दिरको नामबाट भएको हो । शुरु घोषणा हुदाको बखत १६ वटा वडाहरुमा विभाजन गरिएको यस नगरपालिकाका वडाहरु नेपाल सरकारको मिति ०७३ फाल्गुन २६ गतेको स्थानीय तह घोषणा र पुनः संरचना पश्चात निम्न बमोजिम ९ वटा कायम भई यसको केन्द्र जोरपाटी तोकिएको हो ।
यस नगरपालिकाको पूर्वमा कागेश्वरी मनोहरा नगरपालिका र सिन्धुपाल्चोक जिल्ला , पश्चिममा काठमाडौँ महानगरपालिका, उत्तरमा नुवाकोट र सिन्धुपाल्चोक जिल्ला तथा दक्षिणमा काठमाण्डौ महानगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका पर्दछन् । २०६८ सालको राष्ट्रिय जनगणना अनुसार यस नगरपालिकाको जनसंख्या १।०७,३५१ रहेकोमा हालको वृद्धिलाई दृष्टिगत गर्दा यहाको जनसंख्या एक लाख पचास हजार भन्दा बढी भएको अनुमान गर्न सकिन्छ । भौगोलिक विविधता, आफ्नै छुट्टै मौलिकता, ऐतिहासिक धार्मिक स्थल, पवित्र बागमती नदीले शुशोभित यस नगरपालिकाको भू बनोटमा तर, बेसी, भीरपाखा, फाट र जंगल आदिको समिश्रण रहेको छ ।

 

सम्बन्धित समाचारहरू

Comments