विप्लव नेकपाका नेता बास्तोला भन्छन् -प्रतिबन्ध हटाए वार्तामा बस्न तयार छौं
- झरना खबर
- २०७७ फाल्गुण १० गते १७:४१ बजे प्रकाशित
.jpg)
काठमाडौं – नेकपा विप्लव समूहका नेता धर्मेन्द्र बास्तोलाले सरकारले इमान्दारीपूर्वक प्रयास गरे आफूहरु वार्ताका लागि तयार रहेको बताएका छन् । तर वार्तामा बस्नुपूर्व सरकारले आफ्नो समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्नुका साथै बन्दी नेता कार्यकर्तालाई रिहा गर्नुपर्ने उनले बताए ।
ललितपुर र मकवानपुरको सीमा क्षेत्रबाट २७ पुसमा पक्राउ परेका वास्तोलालाई सोमबार सर्वोच्च अदालतले रिहा गर्न आदेश दिएको थियो । अदालतको आदेशमा छुटेपछि उनले अदालत परिरसमा कुरा गर्दै वास्तोलाले भने, ‘हाम्रो पार्टी वार्ताद्वारा राजनीतिक समाधान निकाल्न तयार नै छ ।’
यसबारे पार्टीमा छलफल भएर एजेण्डाहरु समेत तय भएको उनले बताए । बास्तोलाले अघि भने, ‘यदि सरकारले वार्ता गर्ने हो भने हो भने हामी हाम्रो एजेण्डा राख्छौं ।’
वार्ता गर्छौं भन्ने, तर नेता कार्यकर्तालाई पक्राउ गरिरहेकाले सरकार समस्या समाधानमा कति गम्भीर हो भन्ने प्रश्न रहेको उनले बताए ।
अन्तिम अपडेट : २०७७ फाल्गुण १० गते १७:४१ बजे
Comments