राष्ट्रव्यापी बहुउद्देश्यीय सहकारी संस्थाले बचत कर्ताको पैसा हिनामिना गरेको आशंका

  • झरना खबर
  • २०७७ फाल्गुण १० गते १७:१७ बजे प्रकाशित

काठमाडौं – गोकर्णेश्वर नागरपालिका–५ जोरपाटीमा रहेको राष्ट्रव्यापी बहुउद्देश्यीय  सहकारी संस्थाले बचत कर्ताको पैसा हिनामिना गरेको आशंका गरिएको छ ।

बचत कर्ताले आफूलाई पैसा आवश्यक परेको बेला पटक–पटक लिन जाँदा कहिले अफिस नै बन्द हुने र अफिस खुले पनि काम गर्ने कर्मचारी नरहेको भन्दै  काउन्टरले घर फर्काएको बचत कर्ताको गुनासो छ । तेती मात्र होइन बचत कर्ताको पासवुकमा रकम देखाएपनि सहकारीको सिस्टममा भने नदेखाएको बचत कर्ताले बताएका छन् ।

राष्ट्रव्यापी  बहुउद्देश्य सहकारी संस्थाका संचालक अध्यक्ष नन्द बहादुर बूढा मगर विगत १५ दिन देखि सम्पर्क बिहीन समेत रहेको पाइएको छ ।

संस्थाका संचालक सदस्य मानबहादुर थुलुङगले कोरोनाका कारण यो अवस्था सिर्जना भएको र कसैको पैसा नहराउँने बताए । उनले भने 'कोरोनाका कारण यो अवस्था सृजना भएको हो  । बचत कर्ताको पैसा हराउँदैन । त्यसको लागी म जिम्मेवारी छु ।'

 सदस्य थुलुङगले आफ्ना कर्मचारीले विष खाएर बसेकोले संचालनमा केही समस्या आएको बताए । तर यता सहकारी अकाउन्टेन सुनिता खडकाले भने कसैलाई पनि पैसा नदिन अध्यक्ष मगरले निर्देशन दिएको बताइन । उनले भनिन् 'बचत कर्तालाई अहिले कसैलाई पैसा नदिन माथीबाट निर्देशन आएको छ ।त्यो बारे अध्यक्ष ज्यूलाई सोध्नुस् ।' तर यता अध्यक्ष मगरको फोन भने अफ रहेको छ ।

 

सम्बन्धित समाचारहरू

Comments