मुलपानीमा रोकिराखेको पानी गाडीलाई बसले ठक्कर दियो(भिडियो हेर्नुस्)

  • झरना खबर
  • २०७७ फाल्गुण ९ गते १८:४८ बजे प्रकाशित

काठमाडौं – मुलपानीमा रोकिराखेको गाडीलाई बसले ठक्कर दिएको छ । आइतबार बिहान मुुलपानीस्थित अक्वा हिमशिखर खानेपानीको गाडीलाई बसले ठक्कर दिएको हो ।

रत्नपार्क–साँखु चल्ने  बा ५ ख ४१४८ नम्बरको गोकर्णेश्वर बाबाको बसले लु ३१ अ ८२६२ नम्बरको मारुती भ्यानलाई ठक्कर दिएको प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । प्रत्यक्षदर्शीका अनुसार गोकर्णेश्वर बसलाई सह– चालकले चलाएका थिए ।

चलाइरहेको पाइएको हो । सहचालकले गाडी सिक्दै गरेको पाइएको हो । 
पानी ढुवानी गर्ने मारुती भ्यान रोकिराखेको अवस्थामा पछाडीबाट बसले ठक्कर दिएको बुझिएको छ । बिना लाइसेन्समा गाडी चलाउँदा समेत ट्राफिकले सह– चालकलाई नियन्त्रणमा नलिएको स्थानिएले बताए । 

बस ग्यारेजबाट साँखु जाँने क्रममा रहेको बुझिएको छ । सह चालकले बस सिक्ने क्रममा पानीको गाडीलाई ठक्कर दिएको बस संचालक बलराम कार्कीले स्वीकार गरेका छन् । स्थानीयहरुले यसरी मुलबाटोमा गाडी सिक्ने भन्दै गाडी चलाउँदा यस्ता घटनाबाट हुने क्षति कसले व्यहोर्ने, आज गाडीलाई हान्यो त्यो स्थानमा कोही मानिसलाई ठक्कर दिएको भए के हुन्थ्यो भन्दै प्रश्न उठाएका छन् ।

गोकर्णेश्वर बसका संचालक बलराम कार्कीले त्यसबारे जानकारी लिन खोज्दा संचारकर्मीसँग समेत झोक्कीएका थिए । यसरी  जनतालाई जोखिममा पारेर गाडी सिक्ने भन्दै मुलबाटोमा गाडी हुर्इकाउने सहचालकलाई नियन्त्रणमा ल्याउने त कहाँ हो कहाँ उल्टै पत्रकार माथी नोकझोक गर्ने बस संचालक कार्कीको व्यवहारले के सन्देश दिने ? 

 

सम्बन्धित समाचारहरू

Comments