नेताहरूले अदालतलाई तर्साउने,धम्क्याउने गरेर गणतन्त्रलाई गाईजात्रा बनाए : अध्यक्ष थापा
- झरना खबर
- २०७७ फाल्गुण ९ गते १७:३७ बजे प्रकाशित

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले नेताहरूले गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका छन् । आइतबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर थापाले सडक प्रदर्शन गरी दलका नेताहरूले अदालतलाई तर्साउने, धम्क्याउने काम गरेर गणतन्त्रलाई गाईजात्रा बनाएको आरोप लगाएका हुन् ।
प्रधानमन्त्रीले शनिबार विराटनगरबाट आफ्नो पक्षमा फैसला नआए आन्दोलन गर्ने चेतावनी दिनु, राष्ट्रपति र सरकारको निर्णयको उपराष्ट्रपतिद्वारा विरोध गर्नु र सभामुखद्वारा राष्ट्रपति, प्रधानमन्त्री र प्रधानन्यायाधीशविरुद्ध मुद्दा हाल्ने काम गर्नु गणतान्त्रिक देशमा गाईजात्रा भएको बताए ।
अन्तिम अपडेट : २०७७ फाल्गुण ९ गते १७:३७ बजे
Comments