ओलीले अदालत र आयोगकलाई धम्काएर गुण्डागर्दी गरे : संयोजक पाण्डे

  • झरना खबर
  • २०७७ फाल्गुण ९ गते १७:१८ बजे प्रकाशित

काठमाडौं – विवेकशील साझा पार्टी संयोजक मिलन पाण्डेले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालत र निर्वाचन आयोगलाई धम्काएर गुण्डागर्दी गरेको आरोप लगाएका छन् ।

प्रधानमन्त्री ओलीले हिजो नेकपा ओली समूह प्रदेश १ ले विराटनगरमा आयोजना गरेको सभालाई सम्बोधन गर्ने क्रममा संंसद विघटनलाई सर्वोच्चले बदर गरे आन्दोलन गर्ने चेतावनी दिएका थिए । सोही सोही अभिव्यक्तिलाई लक्षित गर्दै संयोजक पाण्डेले ओलीले खुल्लमखुल्ला आयोग र अदालतलाई धम्की दिएको आरोप लगाए ।

उनले सत्ता र राज्य कोषको दुरुपयोग गरेर आफू र आफ्नो गुटको स्वार्थको लागी देशनै संविधानै अनि लोकतन्त्रनै कब्जा गर्न खोज्ने ओलीको प्रवृती राजनीति नभई गुण्डागर्दी भएको टिप्पणी गरे ।

पाण्डेले सामाजिक संजाल ट्विटरमा लेखेका छन्- ओलीले खुल्लमखुल्ला आयोग र अदालतलाई धम्की दिएका छन्। सत्ता र राज्य कोषको दुरुपयोग गरेर आफू र आफ्नो गुटको स्वार्थको लागी देशनै, संविधानै अनि लोकतन्त्रनै कब्जा गर्न खोज्दै छ। आदरणीय दाजुभाइ–दिदीबहिनीहरू, यो राजनीति होइन है। यो गुण्डागर्दी हो। यो नागरिक मत अनि विश्वास प्रति घात हो।

सम्बन्धित समाचारहरू

Comments