महिला लिगको सर्वोत्कृष्ट खेलाडीमा एपीएफकी सरु लिम्बु,पाईन स्कुटर पुरस्कार

  • झरना खबर
  • २०७७ फाल्गुण ७ गते १८:२८ बजे प्रकाशित

काठमाडौं – एपीएफकी सरु लिम्बु राष्ट्रिय महिला लिगको सर्वोत्कृष्ट खेलाडी बनेकी छिन् । एपीएफलाई च्याम्पियन बनाउन उत्कृष्ट प्रदर्शन गरेकी सरुले सर्वोत्कृष्ट घोषित हुँदै स्कुटर प्राप्त गरिन् ।

एपीएफले शुक्रबार लिगको अन्तिम खेलमा आर्मीलाई ३–० ले पराजित गर्दै शतप्रतिशत नतिजासहित लिग उपाधि जितेको हो ।
यस्तै व्यक्तिगततर्फ नेपाल पुलिसकी उषा नाथ उत्कृष्ट गोलकिपर र अमृता जैसी उत्कृष्ट डिफेण्डर, आर्मीकी विमला चौधरी उत्कृष्ट मिडफिल्डर तथा एपीएफकी सावित्रा भण्डारी उत्कृष्ट फरवार्ड घोषित भए । एपीएफकै भगवती थापा उत्कृष्ट प्रशिक्षक घोषित भइन् ।

कसले कति पुरस्कार पाए ?

विजेता ः एपीएफ १५ लाख रुपैयाँ

उपविजेता ः त्रिभुवन आर्मी क्लब ८ लाख रुपैयाँ

तेस्रो ः नेपाल पुलिस क्लब ५ लाख रुपैयाँ

चौथो ः वालिङ नगरपालिका ३ लाख रुपैयाँ

फियर प्ले अवार्ड ः चन्द्रपुर नगरपालिका १ लाख ५० हजार रुपैयाँ

विधागत उत्कृष्टहरु 

बेस्ट प्लेअर ः सरु लिम्बु (एपीएफ) स्कुटर पुरस्कार

बेस्ट गोलकिपर ः उषा नाथ (नेपाल पुलिस क्लब)

बेस्ट डिफेण्डर ः अमृता जैसी ( नेपाल पुलिस क्लब)

बेस्ट मिडफिल्डर ः विमला चौधरी (आर्मी)

बेस्ट फरवार्ड स् सावित्रा भण्डारी (एपीएफ)

बेस्ट कोच ः भगवती थापा (एपीएफ)

उत्कृष्ट सबैलाई नगद ५० हजार

सम्बन्धित समाचारहरू

Comments