टिकटक बनाउने विद्यार्थीको परीक्षा रद्द

  • झरना खबर
  • २०७७ फाल्गुण ६ गते १२:१३ बजे प्रकाशित

काठमाण्डौ : परीक्षामा टिकटक बनाउने दैलेखका विद्यार्थीको परीक्षा रद्द भएको छ । कक्षा १२ को परीक्षामा टिकटक बनाएर सामाजिक सञ्जालमा राख्ने रोशनकुमार शाहीको परीक्षा रद्द भएको हो ।

रोशनले दैलेखको कालीका माविबाट परीक्षा दिएका थिए । उनको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । गएको मंसिरमा भएको परीक्षामा उनले परीक्षा दिएकै बेला टिकटक बनाएकाले उनको चालु खण्डको परीक्षा रद्द गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

यस्तै विद्यालयमा निरीक्षकका रुपमा खटिएका शिक्षक कमलबहादुर शाही र केन्द्राध्यक्ष चक्रबहादुर शाहीलाई पनि बोर्डले तीन वर्षसम्म कुनै पनि परीक्षामा सहभागी हुन नपाउने गरी विभागीय कारबाही गर्न शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई सिफारिस गरेको छ ।

सम्बन्धित समाचारहरू

Comments