संस्कारयुक्त शिक्षा नै जोन एकेडेमीको प्राथमिकता : प्रिन्सिपल धमला

  • झरना खबर
  • २०७७ फाल्गुण ४ गते १८:०० बजे प्रकाशित

काठमाडौं – बौद्धस्थित जोन एकेडेमीका प्रिन्सिपल भोजकुमार धमलाले संस्कारयुक्त शिक्षा नै जोन एकेडेमीको पहिलो प्राथमिकता भएको बताएका छन् । 

विद्यालयमा आयोजित सरस्वती पूजाको अवसरमा बोल्दै प्रिन्सिपल धमलाले संस्कारयुक्त शिक्षा नै आजको आवश्यकता भएको बताए । उनले पछिल्लो समय व्यवहारिक र संस्कारयुक्त शिक्षा विद्यार्थीहरुमा कमी हुँदै गएको भन्दै जोन एकेडेमीले व्यवहारिक ज्ञानसँगै संस्कारको शिक्षालाई समेत अगाडी बढाईरहेको औल्याए । उनले भने 'हाम्रो मुख्य उदेश्य शिक्षामा नयाँ आयाम थप्दै संस्कारयुक्त शिक्षालाई जोड दिने हो । ठुला भवन देखाउँदैमा राम्रो शिक्षा पाइन्छ भन्ने भम्रबाट अभिभावक मुक्त हुनुपर्छ ।' 

पछिल्लो समय शिक्षालाई व्यापारिकरण जस्तो बनाउने कार्य केही विद्यालयहरुले गरेको भन्दै  प्रिन्सिपल धमलाले त्यस्तो कार्यलाई अभिभावकबाटै निष्तेज पार्नु पर्ने उल्लेख गरे । 'शिक्षालाई व्यापार गर्ने थलो बनाउँनु हुँदैन, भोलीका देशका कणद्दारलाई प्राविधिक ज्ञानसँगै विश्वको जुनसुकै कुनामा गएता पनि अब्बल स्थान हासलि गर्ने शिक्षा दिनुपर्छ'  उनले भने जोन एकेडेमी  त्यही कर्ममा अगाडी बढिरहेको छ । '

आर्थिक स्थीती कमजोर भएका विद्यार्थीलाई समेत सहुलियत छात्रवृतीमा पठनपाठन गराइरहेको प्रिन्सिपल धमलाले जानकारी दिए । विद्यालयले गत वर्ष सरस्वती पूजाको अवसरमा नयाँ भर्ना भएका बालबालिकाले लेखेको जीवनको पहिलो अक्षरलाई फ्रेममा उतारेर मायाको चिनो स्वरुप वितरण समेत गरेको थियो । 

सोही कार्यक्रममा  विद्यार्थीहरुले आफैले बनाएका विज्ञानसँग सम्बन्धीत प्रयोगात्मक सामाग्रीहरु प्रदर्शन गरेका थिए भने सांस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरिएको थियो । 

सरस्वती विद्या र सिर्जनाकी देवी भएकाले आजैका दिनदेखि स–साना बालबालिकालाई अक्षराम्भ गराइने चलन रहिआएको छ ।  

सम्बन्धित समाचारहरू

Comments