सिंगटी हाइड्रोको आईपीओमा आवेदन दिने समय आज सकिदै

  • झरना खबर
  • २०७७ फाल्गुण ३ गते १६:३४ बजे प्रकाशित

काठमाडौं– सिंगटी हाइड्रो इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो । आयोजना प्रभावित स्थानियहरुको लागि माघ ४ गते कम्पनीले बिक्रि तथा खुला गरेको आईपीओमा माग गरेअनुसार आवेदन नपरेको हुनाले आजसम्म समय थप गरिएको हो ।

सिंगटी हाइड्रो इनर्जी लिमिटेडले आयोजना प्रभावित स्थानियहरुको लागि प्राथमिक शेयर माघ ४ गतेबाट निष्काशन गरेको थियो । कम्पनीले दोलखाका आयोजना प्रभावित क्षेत्रहरु कालिन्चोक र बिगु गाउँपालिकाका स्थानिय बासिन्दाहरुको लागि १४ करोड ५० लाख रुपैयाँ बराबारको १४ लाख ५० हजार कित्ता आईपीओ बिक्रि खुल्ला गरेको थियो ।

नेपाल धितोपत्रबाट पुस २१ गते कम्पनीले अनुमति पाएको थियो । कम्पनीको शेयर निष्काशन तथा बिक्रि प्रबन्धकमा मेगा क्यापिटल लिमिटेड रहेको छ । आवेदन दिन इच्छुक बासिन्दाले न्युनतम १० कित्तादेखि २ लाख कित्तासम्म आवेदन दिन पाउछन् । कम्पनीले निष्काशन गर्न लागेको शेयर क्रेडिट रेटिङ्गमा केयर रेटिङ्ग नेपालले केयर एनपी डबल बी माइनस रेटिङ्ग प्रदान गरेको छ । यसले मध्यम रुपमा सुरक्षित रहेको संकेत गर्छ ।

सम्बन्धित समाचारहरू

Comments