रियल दोस्रो स्थानमा उग्लिदै

  • झरना खबर
  • २०७७ फाल्गुण ३ गते १४:११ बजे प्रकाशित

विराटनगरःस्पेनिल ला लिगामा साविक विजेता रियल मड्रिडले भ्यालेन्सियामाथि सहज जित निकालेको छ । आइतबार राति रियलले आफ्नो घरेलु मैदानमा भ्यालेन्सियालाई २–० गोलले हराएको हो ।

अल्फ्रेडो डी स्टेफानोमा रियललाई जिताउन करिम बेन्जेमा र टोनी क्रुसले समान एक–एक गोल गरे । खेलको १२औँ मिनेटमा बेन्जेमाले गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।४२औँ मिनेटमा क्रुसले गोल गरेपछि रियलले २–० गोलको जित निकाल्यो ।

यससँगै रियल दोस्रो स्थानमा उक्लिएको छ । २३ खेलमा ४९ अङ्क जोडेको उसले बार्सिलोनालाई उछिन्दै दोस्रो स्थान कब्जा गरेको हो ।२२ खेल खेलेको बार्सिलोना ४६ अङ्कसहित तेस्रो स्थानमा छ । शीर्ष स्थानमा रहेको एथ्लेटिको मड्रिडसँग भने ५४ अङ्क छ । एथ्लेटिकोले २१ खेल खेलेको छ ।भ्यालेन्सिया भने २४ अङ्कका साथ १३औँ स्थानमा छ ।

सम्बन्धित समाचारहरू

Comments