जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिदै

  • झरना खबर
  • २०७७ फाल्गुण ३ गते १०:५३ बजे प्रकाशित

एजेन्सी ः बार्सिलोनाले स्पानिस ला लिगामा अलाभेजलाई फराकिलो अन्तरले पराजित गरेको छ। गएराति घरेलु मैदान क्याम्पनोउमा भएको खेलमा बार्सिलोनाले अलाभेजलाई ५(१ ले पराजित गरेको हो । जितपछि बार्सिलोना फेरि दोस्रो स्थानमा उक्लिएको छ ।

बार्सिलोनाका लागि मेसीले खेलको पहिलो हाफको इन्जुरी टाइम र ७५औं मिनेटमा गोल गरे । यस्तै ट्रिनकाओले २९औं र ७४औं तथा जुनियर फिर्पोले ८०औं मिनेटमा गोल गरे ।

अलोभेजका लुइसले एक गोल फर्काएका थिए । जितपछि २२ खेलबाट ४६ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लेको हो ।

सम्बन्धित समाचारहरू

Comments