मैले बुझेको राजनीति

  • झरना खबर
  • २०७७ फाल्गुण १ गते १५:०७ बजे प्रकाशित

मैले नेपाली राजनीतिको धेरै इतिहास पढें,बुझें राणा शासन देखि गणतन्त्र,लोकतन्त्रसम्म र २०६२/६३ को जनआन्दोलनको प्रत्यक्ष दर्शी पनि हुँ । ६२/६३ को जनआन्दोलदेखि अहिलेसम्म नेपाली राजनीतिलाई नजिकबाट नियाल्दै आईरहेको छु । मलाई लाग्थ्यो २०७२ सालको संविधान आएपछि देशमा काया पलट हुन्छ ।

देशमा विकासले तिब्र गति लिन्छ, स्वतन्त्र रुपमा बोल्न पाइन्छ, आफ्नो हक हित सगैँ अधिकार सम्पन्न पनि हुँने छौँ यस्तै यस्तै लाग्थ्यो, तर अहिलेको राजनीतिक परिस्थिति देख्दा म फेरी ६२/६३ को जनआन्दोलनलाई सम्झन्छु । गत पुष ५ गते प्रतिनिधि सभाको विघटन भयो । मैले यो कहिल्यै पनि परिकल्पना गरेको थिइन । त्यस पश्चात देशमा एका एक राजनीतिक परिवर्तन आउँन थाल्यो। देश अहिँले जनसभा देखि नेपाल बन्द सम्मको परिस्थितिमा पुगेको छ ।

देश र जनताको हित भन्दा पनि अहिले राजनीतिक दलहरु एक अर्कालाई आरोप प्रत्यारोप तथा जनसभा र बन्द जुलुस मै रुमलिएको देखिन्छ । यस्ता कार्यले देश र जनताको हित हुँदैन मात्र यो केबल कुर्सिको लागि गरेका हुन् । त्यसैले आम नेपाली दाजुभाई दिदिबहिनी हामी कुनै राजनीतिक दलमा नभई स्वतन्त्र रुपमा राष्ट्रको पक्षमा उभिन जरुरी छ । अहिलेको यस्तो अबस्थाले नेपालमा लोकतन्त्र र गण्तन्त्रको अपमान भएको छ । नेपाली चेलीले अझै पनि स्वतन्त्र रुपमा हिड्डुल गर्न सक्ने अबस्था छैन किनभने निर्मला पन्तको बलत्कार र हत्या देखि हिजो अस्ति मात्र भागिरथी भट्ट जस्ता चेलीले न्याय नपाए पछि न्याय नभएको राष्ट्र जस्तो लाग्छ ।

अझै पनि नेपालीले कहिलेसम्म यस्ता घटना परिघटना झेली रहने रु त्यस कारण अब आम नेपाली जनता न्यायको निम्ति,राजनीतिक स्थिरताको निम्ति, आफ्नो हकहितको निम्ति फेरी एकपटक हामी एकै ठाउँमा उभिनु पर्ने अवस्था आएको छ ।

सम्बन्धित समाचारहरू

Comments