विरामी विदामा बसेका सरकारी शिक्षक अस्पताल नगएर नेकपाको विरोध सभामा गएपछि

ओखलढुङ्गा : शिक्षकलाई विद्यार्थीका लागी प्रेरणाको स्रोत मानिन्छ । शिक्षकले नै विद्यार्थीको मागदर्शन र उनीहरुको चरित्र निर्माण गर्नमा उल्लेखनिय भूमिका खेलेको हुन्छ । त्यसैले एउटा शिक्षक शिक्षण पेशाको अनुशासनमा बस्न अत्यन्त जरुरी हुन्छ । किनभने शिक्षकले विद्यार्थीको अगाडी उदाहरणीय र जिम्मेवार व्यक्ति भएर देखिनु पर्ने हुन्छ । तर ओखलढुङ्गा जिल्लाको मोलुङ गाउँपालिका वडा नम्बर ४ हर्कपुर स्थित श्री जीवन प्रदिप मा विका प्रधानाध्यापक टेक नाथ नेपालको हकमा भने त्यस्तो देखिँदैन ।

उनी आफ्नो पेशाको मान र धर्मलाई त्यागेर प्राय नेकपा प्रचण्ड-नेपाल समूहले गरेका विरोध सभाहरुमा नारा लगाउँदै सडकका चोकहरुमा देखिन्छन् । रोचक कुरा त के छ भने प्रधानध्यापक नेपाल प्रचण्ड नेपाल समूहको विरोध सभाका लागी विरामी बिदा लिएर काठमाण्डौं आएका छन् । शिक्षक नेपाललाई सम्पर्क गरेर तपाईं सरकारी शिक्षक हो कि ? नेकपाको कार्यकर्ता हो ? भनेर प्रश्न गर्दा, उनले उल्टै म शिक्षक हुँ तर मलाई पार्टीको कार्यक्रममा हिड्ने अधिकार छ, भनेर जवाफ दिए ।

उनले पेशागत आन्दोलनमा गएको हुनाले विद्यालयको आफ्नो सम्पूर्ण जिम्मेवारी अर्कालाई कायममुकायम दिएर विरामी विदामा आएको बताए । उनलाई पुनः विरामी भएको मान्छे उपचार गर्न अस्पताल जान्छ की ? नेकपाको विरोध सभामा नारा लगाउँदै खुलेआम हिँड्छ ? भनेर प्रश्न गर्दा, मेरा लागि अस्पताल भनेकै नेकपा प्रचण्ड माधव समूहको विरोध सभा हो, भनेर जवाफ दिए । के तपाई पार्टीको कार्यकर्ता हो ? भनेर सोध्दा,उनले हुँ भन्ने ठाडो जवाफ दिएका छन् ।

उनले आफूलाई गाउँपालिकाका शिक्षा अधिकृतले नै नेकपाको विरोध सभामा पठाएको बताए । यसरी उनले सरकारी शिक्षकको तलब भक्ता खाएर आफ्नो मर्यादा भुलेर हिँड्दा सयौं विद्यार्थीको पठनपाठन प्रतिकुल बनेको छ। यस घटनाका बारेमा मोलुङ्ग गाँउपालिकाका शिक्षा अधिकृत सुमन पाण्डेसँग टेलिफोन सम्पर्क गरेर नेपाल जस्ता प्रधानाध्यापकलाई कहिले र कस्ले कारबाही गर्छ ? भन्दा पाण्डेले मैले आज बिहानमात्र यसको बारेमा थाहा पाएँ, उहाँ आएपछि बुझेर मात्र जानकारी गर्ने बताए ।

उनले भने अस्पताल जान्छु भनेर आन्दोलनमा जान पाइन्न उहाँलाई कारबाही हुन्छ। उहाँलाई के कारबाही हुन्छ ? भन्ने प्रश्नमा पाण्डेले ठ्याक्कै यहि कारबाही हुन्छ भनेर जवाफ दिन सकेनन् । पाण्डे पनि आफ्नो जिम्मेवारीबाट पन्छिन खोजेका छन् ।

यसरी आफ्नो पेसाबाट पन्छिएर राजनीतिमा लाग्ने र आफ्नो पदको चरम दुरुपयोग गर्ने प्रधानाध्यापक नेपाल जस्ता व्यक्तिहरुलाई कस्ले कारबाही गर्ने ? प्रश्न उठेको छ । झट्ट हेर्दा शिक्षक नेपाललाई राजनीतिक आडमा बचाउन खोजेको स्प्रष्ट देखिन्छ । सरकारी शिक्षक भएर खुलेआम राजनीति गर्दै हिड्दा समेत प्रधानाध्यापकलाई कुनै कारबाही हुन नसक्नु जिम्मेवार निकाएको गम्भिर त्रुटि हो । उनलाई कारबाही हुन नसक्नुको कारण के हो ? यसरी सरकारी शिक्षकको तलब भत्ता खाएर नेकपाको विरोध सभामा लागेका प्रधानाध्यापकलाई कहिले र कस्ले कारबाही गर्ने हो ? त्यो हेर्न बाँकी नै छ।

सम्बन्धित समाचारहरू

Comments