
काठमाण्डौ विशेष अदालतले ललितनिवासको सरकारी जग्गा हिनामिना प्रकरणका मुख्य अभियुक्तका रुपमा रहेका शोभाकान्त ढकाललाई थुनामा राखेर सुनुवाइ गर्ने भएको छ । उनलाइ सदरखोर डिल्लीबजार पठाइएको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डयले बताए ।
ढकालकी श्रीमती उमाकुमारी ढकाललाई भने यस अघि नै धरौटीमा छाडेको थियो ।विशेष अदालतका न्यायाधीशहहरू अब्दुल अजिज मुसलमान, बालेन्द्र रुपाखेती र चन्द्रबहादुर सारूको संयुक्त इजलासले ढकाललाई थुनामा पठाउने आदेश दिएको प्रवक्ता पाण्डेयले जानकारी दिए ।ढकाल विरुद्ध ३९ करोड विगो दावी गरिएको छ ।स्रोत गोर्खापत्रबाट
अन्तिम अपडेट : २०७७ माघ २९ गते ०८:४९ बजे
Comments