
काठमाडौं – पोखरामा आजदेखि सुरु भएको टाइगर कप आमन्त्रित राष्ट्रिय क्लव भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको पहिलो खेलमै बलियो टोली एपीएफ पराजित भएको छ ।
विभागीय डर्बीमा नेपाल पुलिसले उपाधिको दाबेदार टिम एपीएफलाई सोझो सेटमा पराजित गरेको हो ।
पोखरा रंगशालामा भएको खेलमा पुलिसले एपीएफलाई २६–२४, २५–२२ र २५–२१ को सोझो सेटमा हराएको हो ।
यस्तै महिलाकै अर्को खेलमा न्यु डायमण्डले आर्मीलाई ३–२ सेटमा पराजित गरेको छ । रोमाञ्चक
खेलमा डायमण्डले आर्मीलाई २५–१२, २२–२५, १८–२५,२७–२५ र १५–१३ को सेटमा हरायो ।
प्रतियोगितामा महिला र पुरुषतर्फ चार चार टिम सहभागी छन् ।
प्रतियागिताको विजेताले समान १ लाख ५० हजार रुपैयाँ पाउनेछन् भने दोस्रो हुनेले ७५ हजार र तेस्रो हुनेले ३५ हजार रुपैयाँ हात पार्नेछन । यस्तै विधागत रुपमा उत्कृष्ट हुनेले ५५ हजार रुपैयाँ हात पार्नेछन ।
अन्तिम अपडेट : २०७७ माघ २७ गते १८:२८ बजे
Comments