आन्तरिक राजस्व विभागको महानिर्देशकमा दीर्घराज मैनाली नियुक्त

काठमाडौं – आन्तरिक राजस्व विभागको महानिर्देशक पदमा दीर्घराज मैनाली नियुक्त भएका छन् । अर्थ मन्त्रालय स्रोतकाअनुसार उक्त पदमा मैनालीको नियुक्ति गरी सहमतिका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाइएको छ ।

सामान्य प्रशासन मन्त्रालयले नाम स्वीकृति दिनासाथ उनले कार्यभार सम्हाल्न पाउने छन् । यसअघि महानिर्देशक रहेका विनोद कुँवरको सरुवा भएसँगै यो पद रिक्त थियो । मैनाली यसअघि राजस्व अनुसन्धान विभागको महानिर्देशक थिए ।

सम्बन्धित समाचारहरू

Comments