क्लबमा सुष्मा कार्कीमाथि कुटपिट र गालीगलौज, प्रहरीमा उजुरी
- झरना खबर
- २०७७ माघ २० गते १५:२४ बजे प्रकाशित

काठमाडौं : नायिका सुष्मा कार्कीले आफूमाथि कुटपिट र गालीगलौज भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । सुष्माले काठमाण्डौको लन्डन पब क्याफेमा नायिका श्वेता खड्काकी बहिनी आरती खड्का र पत्रकार उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् ।
उनलाई उत्सवले गाली गलौज गरेको र आरतीले कुटपिट गरेको साथै श्वेता खड्काले आफूलाई अपशब्द प्रयोग गरेको बताएकी छन् । सो समयमा उत्सव, आरतीको साथमा नायिका श्वेता खड्का र उनका पति विजयेन्द्र सिंह राउत क्लबमा नै थिए ।
अन्तिम अपडेट : २०७७ माघ २० गते १५:२५ बजे
Comments