पर्यटक प्रहरी निरीक्षकलाई बधाई तथा शुभकामना

  • २०७६ फाल्गुण १६ गते १६:३८ बजे प्रकाशित

फाल्गुण-१६, काठमाडौं टुरिष्ट गाइड एसोसियसन अफ नेपाल (टुर्गान) ले आज पर्यटक प्रहरीका नवनियुक्त प्रहरी निरीक्षक श्री अस्मिता कपालीलाई उहाँको आफ्नै कार्यकक्ष भृकुटीमण्डपमा भेट गरी बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ। भेटका अवसरमा टुर्गानका अध्यक्ष श्री केदार तामाङले निरीक्षक कपालिको नेतृत्व नेपालको पर्यटन विकासमा कोसे ढुङ्गो हुने आश व्यक्त गर्नु भयो। कोरोना भाइरसले थलिएको नेपाली पर्यटन चाँडै नै लयमा फर्कनेमा आशावादी रहेको अध्यक्ष तामाङ्गले बताउनु भयो । शुभेच्छा राख्ने क्रममा टुर्गान महासचिव श्री बद्री नेपालले नेपाली पर्यटन क्षेत्रमा व्याप्त अवैधानिक गाईडहरुलाई निरुत्साहित गर्न पर्यटन प्रहरीले पर्यटन नीति २०३५ मा उल्लेखित प्रावधानलाई व्यवहारमा उतार्न पहल गरिदिन अनुरोध गर्नु भएको थियो। नवनियुक्त प्रहरी निरीक्षक कपालीले अवैधानिक गाइडहरुले गर्दा देशको गलत सन्देश विदेशीहरुबिच प्रवाह भैरहेको र आधिकारीक व्यक्तिहरु बेरोजगार रहनु परेकाले तत्काल त्यस विरुद्ध कडाईका साथ लागिपर्ने बताउनु भएको थियो। कार्यक्रममा टुर्गान अध्यक्ष, महासचिवका साथमा कार्यसमिती सदस्यहरू श्री दीपचन्द्र कालिका, श्री राजेन्द्रबहादुर राई र सचिवालय सदस्य श्री युवराज पण्डितको उपस्थिती रहेको थियो ।

सम्बन्धित समाचारहरू

Comments