सरकार विरुद्ध माइतीघरमा उर्लियो जेनजी

Published On - September 8, 2025


काठमाडौं । भ्रष्टाचार, अव्यवस्था र सामाजिक सन्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध जेनजी माइतीघरमा उर्लिएको छ । नयाँ पुस्ताका युवा ९जेन जी०हरुले माइतीघरमा प्रदर्शन सुरु गरेका छन् । जेनजीहरु स्फूर्त रुपमा काठमाडौंको माइतीघर मण्डलामा भेला भएर प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले ‘जेनजी पुस्ता चिच्याउँछ, भ्रष्टहरुलाई गिज्याउँछ’, ‘कता हिँडेको ट्याक्स लुटेर रु’, ‘स्वतन्त्र आवाज हाम्रो अधिकार’, स्टप करप्सन ९भ्रष्टाचार रोक० लगायतका नारा लेखेका प्लेकार्ड बोकेर प्रदर्शनमा उत्रिएका छन् ।

यतिबेला सरकार र राजनीतिक दलका नेताविरुद्धको आक्रोशलाई जेनजी पुस्ताले सडकमा उतारेका हुन् । जेनजी पुस्तालाई विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, कलाकार, विभिन्न पेशा व्यवसायमा संलग्न व्यक्ति र स्वतन्त्र युवाहरुले समर्थन गरेका छन् । कलाकार हरिवंश आचार्यले समेत अब उमेर पुगेकाहरुले युवा पुस्तालाई हस्तान्तरण गर्न अपिल गरेका छन् ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर