रुसमा १९५२ यताकै सबैभन्दा शक्तिशाली ८.७ म्याग्निच्यूडको भूकम्प

Published On - July 30, 2025


काठमाडौं – रुसमा ८.७ म्यागिनच्यूडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछिको मानविय क्षतिवारे यथार्थ तथ्यहरु आइनसकेको रुसी मिडियाहरुले बताएका छन् । युनाइटेड स्टेट जियोलोजिकल सर्भेका अनुसार रुसको सुदूर पूर्वमा ८.७ रेक्टर स्केलको भूकम्प गएको हो। भूकम्पपछि धेरै क्षेत्रमा सुनामी आउने चेतावनी जारी गरिएको छ ।

रुसको कामाचक्ता क्षेत्रमा तीनदेखि चार मिटर अग्लो सुनामी देखिएको छ। त्यस्तै जापानमा एक मिटर अग्लो सुनामी जाने सम्भावना रहेको बताइएको छ। प्यासिफिक सुनामी वाच सेन्टरले जनाए अनुसार हवाईमा अहिलेसम्म कुनै मानवीय क्षति भएको छैन। रुसको सुदूरपूर्वमा पर्ने क्याम्चाट्का प्रायःद्वीपमा उक्त शक्तिशाली भूकम्प गएको हो ।

रुसको भौगर्भिक निकायका अनुसार सो क्षेत्रमा सन् १९५२ यताकै सबैभन्दा शक्तिशाली भूकम्प मापन गरिएको छ ।

What’s your Reaction?
+1
0
+1
0
+1
0
+1
0
+1
0
Comments

सम्बन्धित खबर